झापा । झापाको बिर्तामोडमा ट्रकको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा शिवसताक्षी–१० का ४० बर्षिय यामनाथ राय रहेका छन । सोमबार राती बिर्तामोड–१ मा मे १ ख १९५२ नम्वरको ट्रकले रायलाई ठक्कर दिदा घाईते भएका रायको बिर्तामोड स्थित बि एण्ड सि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न ट्रक र चालक ईलाम सन्दकपुर–३ का रोसन लिम्बुलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।