धरान । एक भारतीय नम्बर प्लेटको सवारी साधनमा ढुंगामुडा गरेको आरोपमा प्रहरीले धरान–८ साम्पाङ चोकबाट दुई जनालाई पक्राउ गरेको छ ।
धरानको विभिन्न मठमन्दिर दर्शन गरेर भित्री सडक हुँदै इटहरीतर्फ फर्किरहेको भारतीय नम्बर प्लेटको कारमा दुईजनाले ढुंगा प्रहार गरेका थिए ।
प्रहरीले उनीहरूलाई नेक्रवित्रम चन्द समूहका कार्यकर्ता भएको हुनसक्ने भन्दै थप अनुसन्धान गरेको जनाएको छ । चन्द समूहले मूल्यवृद्धि विरुद्ध मंगलबार आह्वान गरेको बन्दको क्रममा यस्तो घटना हुँदा उनीहरू बन्दकर्ता हुनसक्ने बताइएको छ ।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार दुई युवकले भारतीय गाडीको सीसा फुटाइदिएका थिए । उक्त गाडी इटहरीतर्फ फर्किसकेको प्रहरीले जनाएको छ ।