सुनसरी । सुनसरी जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजी विरुद्ध दुई सय ४९ उजुरी दर्ता भएका छन् ।
सरकारले मिटरब्याजीविरुद्ध वैशाख १७ गते उजुरी आह्वान गरिएकोमा जेठ ८ गतेसम्ममा दुई सय ४९ जना मिटरब्याजी पीडितले उजुरी दिएको बताइएको छ ।
सूचना जारी भएपछि मिटरब्याजको धन्दा सञ्चालन गर्ने गिरोह, व्यक्ति र संस्थाबाट पीडित भएको भन्दै सर्वसाधारणबाट दुई सय ४९ उजुरी परेको प्रमुख जिल्ला अधिकारी हुमबला पाण्डेले बताइन ।
प्राप्त भएको निवेदनमाथि प्रमाणका आधारमा पहिलो चरणमा पक्षहरूको बीचमा छलफल गर्ने र त्यसपछि थप समन्वय गरी मुद्दा चलाउने तयारी भइरहेको बताइएको छ ।