सुनचाँदीको मूल्यमा गिरावट

न्युजलय १० पुस २०८२, बिहिबार ११:५४ मा प्रकाशित

काठमाडौँ । बिहीबार सुनचाँदी मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको हो।

महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार ५ सय रुपैयाँ तोकेको छ।

आज चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। बुधबार प्रतितोला ४ हजार ४ सय २० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार २० रुपैयाँले घटेर ४ हजार ४ सय रुपैयाँ कायम भएको छ।