काठमाडौं । सोमबार(आज) सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सोमबार छापावल सुनको मूल्य तोलामा एक लाख ११ हजार एक सय रुपैयाँ तोकिएको छ ।
यस्तै, तेजावी सुनको मूल्य एक लाख १० हजार ६५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १४ सय ६० रुपैयाँ कायम भएको छ ।