काठमाडौँ । मणिरत्नम निर्देशित तामिल भाषाको फिल्म ‘पोनियन सेल्भिन’को पहिलो भागले दुई सय करोड भारु आम्दानी गरेको छ ।
भारतका महान सम्राटमा मानिने सेल्भिनको जीवनमिा आधारित पोनियन सेल्भानलाई तामिल भाषामा लेखिएको उत्कृष्ट उपन्याससमेत मानिन्छ ।
स्टारहरुले भरिएको र ७० मिलियन डलर खर्च भएको यो फिल्ममा बलिउड स्टार ऐश्वर्या राय बच्चनलेसमेत अभिनय गरेकी छिन् ।
उपन्यासमा उल्लेख गरिएअनुसार चोलहरुद्धारा शासित तामिलनाडुका पुराना राज्य र गाउँमा यात्रा गर्न प्रशंसकले समूह फैलाएर फिल्मको प्रवद्र्धन अभियान चलाइरहेका छन् ।