बसबाट खसेर ४ वर्षीया बालिकाको मृत्यु

न्युजलय २७ बैशाख २०८१, बिहिबार ०३:११ मा प्रकाशित

काठमाडौं । ललितपुरमा बसबाट खसेर एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महांकाल गाउँपालिका–६ ठूलादुर्लुङकी चार वर्षीया आर्या सन्जेल छिन् ।

बिहीबार बिहान गोदावरी नगरपालिका–१० टाखेलमा बा ४ ख ७०४ नम्बरको यात्रुवाहक बस रोक्ने क्रममा सन्जेल खसेकी थिइन्।

दुर्घटनापछि गम्भीर घाइते सन्जेलको उपचारको लागि बिएण्डबी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ।