झापा–५ मा प्रचण्डले दिए रञ्जित तामाङलाई टिकट

न्युजलय ४ माघ २०८२, शनिवार ११:३८ मा प्रकाशित

काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न रञ्जित तामाङलाई टिकट दिएको छ ।

झापा–५ बाट एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार बन्ने चर्चा चलिरहेको बेला नेकपा संयोजक पुष्पकमल दाहालले युवा नेता तामाङलाई पार्टीको टिकट दिएका हुन् ।

तामाङलाई शनिबार आफ्नो निवासमा बोलाएर दाहालले प्रतिनिधिसभा उम्मेदवारको टिकट दिएका हुन् । 

झापा–५ पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह निर्वाचन क्षेत्र हो।