दुहबी । सुनसरीको दुहबीमा भएको दुर्घटनामा दुई युवाको ज्यान गएको छ ।
दुहबी जेसिज २०२४ को अध्यक्ष तथा दुहबी ५ का प्रकाश साह तथा दुहबी जेसीज २०१८ का अध्यक्ष तथा पूर्व राष्ट्रिय उपाध्यक्ष कञ्चन झाको हिजो साँझ मनमोहन सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा ज्यान गएको हो ।
साह सिद्धार्थ प्रिमियर इन्स्युरेन्समा शाखा प्रबन्धकका रुपमा कार्यरत थिए भने झा मनमोहन स्मृति पोल्टेक्निकमा कार्यरत थिइन् ।
दुई सामाजिक कार्यमा सक्रिय युवाहरुको निधनले दुहबी शोकमा डुबेको छ ।