काठमाडौं । रौतहटको फतुवा विजयपुर नगरपालिकाका मेयर गोपाल राय यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
मेयर यादवलाई विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल र सदस्य न्यायाधीश खुसीप्रसाद थारुको इजलासले लालबकैया नदीको ठेक्कासम्बन्धी भ्रष्टाचार मुद्दामा मंगलबार दोषी ठहर गरेको हो ।
बाँकी २० जनाले सफाइ पाएका छन् भने मेयर यादवका सम्बन्धमा सजाय निर्धारण असोज २४ गते गरिने विशेष अदालतका सूचना अधिकारी धनबहादुर अधिकारीले जानकारी दिए ।