प्रदेश १ मा आज १९ जनामा कोरोना पुष्टि

न्युजलय १९ मङ्सिर २०७८, आइतबार ०७:२२ मा प्रकाशित

इटहरी । प्रदेश १ मा आज १९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।


३५० जनाको पीसीआर परीक्षण गर्दा १८ र ४७ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ८, मोरङमा ५, सुनसरीमा २, भोजपुरमा १ र प्रदेश १ बाहिरका २ जनामा सङ्क्रमण देखिएको हो ।

 

प्रदेश १ मा आज १६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ७ महिला र ९ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।