गच्छादारको दवावमा सुनसरी ३ को मनोनयन दिउँसो ३ बजेसम्म सर्यो

शंकर खत्री ७ मङ्सिर २०७८, मङ्गलबार ०२:३६ मा प्रकाशित

इटहरी । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छादारको दबाबमा सुनसरी क्षेत्र नम्बर ३ को मनोनयन आज दिउँसो ३ बजेसम्म सरेको छ । 

जिल्लाका अन्य क्षेत्रमा हिजो नै मनोनयन दर्ता भएर आज मतदान जारी रहे पनि गच्छादारको क्षेत्रमा आज मनोनयन दर्ता हुँदै गरेको हो । हिजो राति र आज दिउँसो १ बजेसम्म सर्वसहमतमा प्रतिनिधि चयन गर्ने भन्दै गच्छादारले मनोनयन नै रोकिदिएका थियो । 

आज दिउँसो १ बजेसम्म पनि सहमति नजुटेपछि मनोनयनको प्रक्रिया अघि बढेको एक नेताले जानकारी दिए । 

सुनसरी क्षेत्र नम्बर ३ को मनोनयन दुहवी नगरपालिकामा हरेको रंगशालामा जारी रहेको हो । तर, अझै गच्छादारले झुलाउने प्रयास गरिरहेको ति नेताले बताए । 

तीन बजेसम्म मनोनयनको समयवधि तोके पनि भित्री रुपमा अझै गच्छादार सहमतिकै प्रयासबाट आफूले चाहेको मान्छे प्रतिनिधि बनाउने दौडधुपमा लागेको उनले बताए । मनोनयन दर्ता भए पनि चुनाव हुने नहुनेमा नेता कार्यकर्तामा अन्योल सिर्जना भएको ति नेताले बताए ।