काठमाडौं । आइतबार(आज) नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख १० हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँमा किनबेच भइरहेको छ। अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य आज प्रतितोला १५ रुपैयाँले बढेको हो ।