सप्तरी कारागारमा दुहबीका खतिवडाको मृत्यु

न्युजलय ४ पुस २०७८, आइतबार ११:५९ मा प्रकाशित

 सप्तरी । सप्तरीस्थित राजविराज कारागारका एक बन्दीको  मृत्यु भएको छ । पेट दुख्न थाले पछि उपचारका लागि अस्पताल लगिएका ५८ वर्षीय उद्दवप्रसाद खतिवडाको मृत्यु भएको हो ।

शुक्रबार बिहान ८ बजेतिर पेट दुख्न थालेपछि उनलाई उपचारका लागि निजी क्लिनिकमा लगिएको थियो ।

क्लिनिकमा खतिवडा वेहोस भएपछि थप उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको जेलर सुमन कोइरालाले बताए ।

चिकित्सकका अनुसार उनको हृदयघातबाट मृत्यु भएको हो । सुनसरीको दुहबी–४ का खतिवडा कागजात किर्ते गरी ठगी सम्बन्धी मुद्दामा २०७५ साउन १७ गतेदेखि पुर्पक्षका लागि कारागारमा थिए ।