धरान । धरान उपमहानगरपालिकाको तत्कालीन धरान नगर पञ्चायतका पूर्व प्रधानपञ्च, पूर्व सञ्चार सहायकमन्त्री कृष्णकुमार राईको निधन भएको छ ।
संविधान सभा सदस्यसमेत रहेका राईको ८० वर्षको उमेरमा काठमाडौंस्थित आफ्नै निवासमा आइतबार साँझ निधन भएको हो । उनी धरान नगर पञ्चायतको २०३५ सालदेखि २०४१ सालसम्म प्रधानपञ्च थिए ।
२०४६ सालको परिवर्तनपछि नेकपा एमालेको राजनीतिमा सक्रिय भई पछिल्लो समय राई काठमाडौंमा बस्दै आएका थिए ।