सुनको मूल्य बढ्यो

न्युजलय २८ माघ २०८२, मङ्गलबार १०:५७ मा प्रकाशित

काठमाडौं । आज मंगलबार सुनको मूल्य वृद्धि हुँदा चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ९ सय रूपैयाँले वृद्धि भएको छ । 

हिजो सोमबार तोलाको ३ लाख ४ हजार ६०० रुपैयाँ रहेको सुनको मूल्य आज ३ लाख ५ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

तोलाको १० रूपैयाँले घटेर चाँदीको भाउ ५ हजार २४० रुपैयाँमा झरेको छ ।