धरान । धरान १३ स्थित जिरोपोइन्टमा वीपी प्रतिष्ठानको बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
शनिवार बिहान जिरो पोइन्टस्थित स्टेडियम टर्निङमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको को १ क ११५९ नम्बरको बसले प्रतिष्ठानमा कार्यरत कर्मचारी प्रभु चौधरी र अमृता लिम्बू सवार प्रदेश १ ०–०२–०५२ प १९५२ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार अमृता लिम्बूको घटनास्थलमै मृत्यु भएको छ भने घाइते चौधरीको बीपी प्रतिष्ठानको इमेर्जेन्सी वार्डमा उपचार भइरहेको छ ।