शेयरबजारमा पहिरो

न्युजलय १० बैशाख २०८२, बुधबार ०३:१९ मा प्रकाशित

काठमाडौँ । शेयर बजारमा बुधबार पहिरो गएको छ । यस दिन बजार मापक परिसूचक नेप्से ३२.४४ अंकले घटेर २६५५ को बिन्दुमा पुगेको छ ।

शेयरबजारमा पहिरो गएको दिन २१७ कम्पनीका लगानीकर्ताले पुँजी गुमाएका छन् । यस्तै २८ कम्पनीको शेयरमूल्य भने बढेको छ । यस दिन माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो इन्स्योरेन्सको शेयरमूल्यमा सर्किट लेभलमा वृद्धि भएको छ । 

यस्तै कोअपरेट डेभलोपमेन्ट बैंकको शेयरमूल्यमा नकरात्मक सर्किट लागेको छ । यस दिन ७ अर्ब ५७ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।