सुनको मूल्य घट्यो

न्युजलय २ फाल्गुण २०८०, बुधबार ११:४७ मा प्रकाशित

काठमाडौं ।  बुधबार(आज) सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । 

बुधबार छापावाल सुन प्रतितोला एक हजार २०० रुपैयाँ घटेर कारोबार भएको हो । आज छापावाल सुुन प्रतितोला एक लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ९५० रुपैयाँमा करोबार भएको छ । चाँदी प्रतितोला ३० रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ३६५ रुपैयाँमा कारोबार भएको हो ।