इटहरी । सामाजिक कार्यका क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउँदै आएको लायन्स क्लव अफ इटहरी स्मार्ट सिटीको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स क्लव अफ इटहरी स्मार्ट सिटीकी अध्यक्ष लक्ष्मी बराल गौतमको अध्यक्षता तथा लायन्स क्लवका डिष्ट्रिक गर्भरन रेवतबहादुर कार्कीको प्रमुख आतिथ्यमा पदस्थापन कार्यक्रम सम्पन्न भएको हो ।
मुक्तिनाथ दाहालको अध्यक्षतामा चयन भएको लायन्स क्लव अफ इटहरी स्मार्ट सिटीको नयाँ कार्यसमितिको पदस्थापन गरिएको हो । ३८ सदसिय कार्य समितिलाई इटहरीको दुर्गा पाटी प्यालेसमा आयोजित औपचारिक कार्यक्रममा पदस्थापन गरियो ।
नयाँ कार्य समितिको प्रथम उपाध्यक्षमा राजन भेटवाल, सचिवमा कुशल विष्ट र कोषाध्यक्षमा गायत्री दाहाल भट्टराई चयन भएका छन् । पदस्थापन कार्यक्रममा अध्यक्ष, प्रमुख अतिथी लगायतले नयाँ कार्य समितिको पदस्थापन गरेका थिए ।
कार्यक्रममा लायन्स क्लवका निवर्तमान गर्भनर इन्द्र कार्की, सेकेन्ड भाइस डिष्ट्रिक गर्भनर नरनाथ सापकोटा, लायन्स क्लव अफ इटहरी स्मार्ट सिटीका संस्थापक अध्यक्ष राजेन्द्र केशरी घिमीरे, इटहरी लेडि जेसिजकी अध्यक्ष गिता सुवेदी लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।