भोजपुर । भोजपुरमा बोलेरो जिप दुर्घटनामा घाइते भएका थप एक जनाको मृत्यु भएको छ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा आमचोक गाउँपालिका–१० का ३६ वर्षीय शान्ती राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ ।
योसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ।
सोमबार बिहान बालाङखाबाट चुहार जाँदै गरेको को १ ज २६१७ नम्बरबो जिप आमचोक गाउँपालिक–८ पारकुवास्थित सडकबाट दुधकोसी नदीको किनारमा खसेको थियो।
दुर्घटनामा आमचोक गाउँपालिका १० की २७ वर्षीया रुना राई घटनास्थलमै मृत्यु भएको थियो। जिपमा चालकसहित १४ जना यात्रु थिए।
घाइते १२ जनाको बिपी कोइरालामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
कच्ची बाटो भएको र मोड्न खोज्दा जिप खसेको बताइएपनि अनुसन्धान भइरहेको छ।