धनकुटा । धनकुटामा जंगली च्याउ खाएर आमाछोराको ज्यान गएको छ । सहिदभूमि गाउँपालिका–३ घर भइ नगरपालिका–७ चुली वनमा बस्दै आएका २८ वर्षीया मुना राई र उनका ७ वर्षका छोरा सचिनको ज्यान गएको हो ।
गत सोमबार जंगलबाट च्याउ ल्याएर खाएका आमा छोरा अत्यधिक बान्ता र झाडापखालाबाट गम्भीर बिरामी परेका थिए । उपचारका लागि धनकुटा जिल्ला अस्पतालमा लगिए पनि ठीक नभएपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । आईसीयुमा राखेर उपचार भइरहेको अवस्थामा बिहान साढे २ बजे बजे मृत्यु भएको हो ।
आमा मुनाको उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो ।