‘छड्के २’ को टिजर सार्वजनिक

न्युजलय १६ माघ २०७९, सोमबार १२:१५ मा प्रकाशित

काठमाडौंँ । अनमोल केसी अभिनित फिल्म ‘छड्के २’ को टिजर सार्वजनिक भएको छ । 

टिजरमा यार्सा गुम्बा र स्याउको व्यापारमा आफ्नो पकड बनाउन खोज्ने तीन ग्याङबीचको द्वन्द्व  देखाउन खोजिएको छ । टिजरमा अनमोल ग्याङस्टर लुक्समा देखिएका छन् । 

‘मेनडग’ पात्रको भूमिकामा रहेका अनमोल ‘ग्रीन ग्याङ’ को नाइकेको रुपमा देखिएका छन् ।फिल्मका लेखक तथा निर्देशक निगम श्रेष्ठ हुन् । 

काभ्रे फिल्मस्को ब्यानरमा मेधा प्रोडक्सन तथा निर्भाना फिल्म स्कुलले निर्माणमा सहकार्य गरेको फिल्ममा अनमोलको अलवा रोविन तामाङ, सिर्जना सुब्बा, कमलमणि नेपाल, रेशा आलेमगर, देवकुमार श्रेष्ठ, निगम श्रेष्ठ, चिरञ्जीवी अधिकारी, कुमार घलान लगायतको पनि अभिनय छ ।