गाँजासहित मिनिट्रक चालक पक्राउ

न्युजलय १७ साउन २०८३, आइतबार ०३:२४ मा प्रकाशित

  मोरङ । मोरङको रतुवामाई नगरपालिका–१० सोमबारेबाट एक हजार ३३ किलो ४८४ ग्राम गाँजासहित मिनिट्रक चालक पक्राउ परेका छन् ।

धनकुटाको पाख्रीबास नगरपालिका–९ हिलेका २८ वर्षीय उमेश तामाङलाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय सिजुवासहितको प्रहरी टोलीले उर्लाबारीबाट आमबारीतर्फ जाँदै गरेको को १ ख ४३७३ नम्बरको मिनिट्रक जाँच गर्ने क्रममा ट्रकमा रहेका ३१ वटा पोकाबाट उक्त गाँजा बरामद गरिएको हो ।