काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को नवौँ राष्ट्रिय महाधिवेशनबाट सुनसरीका मुकुन्द घिमिरे केन्द्रिय उपाध्यक्ष निर्वाचित भएका छन् ।
युवराज शर्माको अध्यक्षतामा बनेको नयाँ कमिटिको उपाध्यक्षका रुपमा घिमिरे निर्विरोध निर्वाचित भएका हुन् ।
यस्तै सुनसरीका बलराम पन्त सचिवमा निर्वाचित भएका छन् भने सुनसरीले दुई जना केन्द्रिय सदस्यहरु पाएको छ । जसमा केशव खड्का र सागरप्रसाद भट्टराई छन् ।
हिसानको केन्द्रिय समितिको वरिष्ठ उपाध्यक्षमा डा. स्वागत श्रेष्ठ र टङ्कराज आचार्य निर्वाचित भएका छन् । उपाध्यक्ष पदका १३ मध्ये ११ जना सर्वसम्मत (निर्विरोध) निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुनेहरूमा घिमिरेसँगै आर.वि. अधिकारी, ऋषी तिवारी, डोलराज पाण्डे, धरणीधर अधिकारी, नरेन्द्र बहादुर अधिकारी, राजेन्द्र अधिकारी, वीरेन्द्र जयना श्रेष्ठ, विष्णुराज पौडेल, सुमन गोपाल आचार्य र हरिचन्द्र लामिछाने रहेका छन् ।
महासचिव पदमा रामहरि सिलवाल विजयी भएका छन् ।
सचिवतर्फ पन्तसँगै कृष्णप्रसाद पौडेल, जीवन लामा गोले, पारस श्रेष्ठ, भवानीप्रसाद पौडेल, यमबहादुर रोका, राजेश कार्की (कोशी प्रदेश) विजयी भएका छन् । कोषाध्यक्षमा शिवप्रसाद अधिकारी निर्विरोध निर्वाचित भएका छन् भने सह–कोषाध्यक्षमा शङ्कर भट्टराई (कोशी प्रदेश) चयन भएका छन् ।
प्रदेशगत सदस्यतर्फ कोशी प्रदेशबाट केशव खड्का, गुणराज अधिकारी र सागरप्रसाद भट्टराई निर्वाचित भएका छन् । खुला सदस्यमा केपी पन्त, केशव प्रसाद दंगाल, दिवाकर जैसि र हरीकृष्ण अर्याल निर्वाचित भएका छन् । आजीवन सदस्यतर्फबाट शिवप्रसाद सुवेदी चयन भएका छन् ।
मधेश प्रदेशबाट मुकेश प्रसाद गुप्ता र बाबुसाहेव यादव, लुम्बिनी प्रदेशबाट उत्तमराज घिमिरे, गणेश भण्डारी र दिनेश भुषाल, कर्णाली प्रदेशबाट प्रेम बहादुर दसुनी र सुदूरपश्चिम प्रदेशबाट डा. भोजराज पन्त निर्विरोध निर्वाचित भएका छन् ।