नेप्से परिसूचक १८.३७ अंकले बढ्यो

न्युजलय ३१ मङ्सिर २०८२, मङ्गलबार ०९:३२ मा प्रकाशित

काठमाडौं । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक १८.३७ अंकले बढेर २६१९.९९ विन्दुमा पुगेको छ। 

अघिल्लो दिन सोमबार नेप्से परिसूचक ६.७४ अंकले बढेको थियो। सो दिन ३ अर्ब ४४ करोड १९ लाख बराबरको सेयर कारोबार भएको थियो।

यसदिन नेप्से दोहोरो अंकले बढेपनि कारोबार रकम भने सोमबारको तुलनामा घटेको छ। ३२५ स्क्रिप्सको ७८ लाख ४  हजार ४५ कित्ता सेयर ३ अर्ब २९ करोड ४२ लाख २७ हजार १२२ रुपैयाँमा खरिदबिक्री भए।

कारोबारमा आएकामध्ये १८७ वटा स्टक्सको मूल्य बढ्दा ६१ वटाको घट्यो।