ताप्लेजुङको मेहेलेमा पहिरोमा परि चार जना बेपत्ता

न्युजलय ३ असार २०८०, आइतबार ०६:४० मा प्रकाशित

  ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा पहिरोमा परि चार जना बेपत्ता भएका छन् । 

घर माथिबाट आएको पहिरोमा परि यामकुमार बुढाथोकीकी श्रीमती भगीमाया बुढाथोकी, बुहारी सन्ध्या बुढाथोकी र नाति प्रज्ज्वल बुढाथोकी बेपत्ता भएका हुन् । त्यही पहिरोमा परि हर्कबहादुर तामाङका छोरा गणेश तामाङ पनि बेपत्ता भएको बताइएको छ ।

यस्तै, मैवाखोलामा आएको बाढीका कारण ताप्लेजुङको दोभानमा ५ वटा घर पहिरोको जोखिममा परेको स्थानीयले बताएका छन् ।