सुनको भाउ बढ्यो

न्युजलय १९ पुस २०८१, शुक्रबार ११:३६ मा प्रकाशित

 काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रूपैयाँले बढेको हो ।

बिहीबार १ लाख ५१ हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाला सुन आज बढेर १ लाख ५३ हजार ५ सय रूपैयाँ निर्धारण गरिएको छ ।

यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज २० रूपैयाँले बढेर १ हजार ८ सय १० रूपैयाँमा कारोबार भइरहेको छ ।