ताप्लेजुङ । ताप्लेजुङमा २५ दिनको बच्चालाई खोप लगाउन हिँडेकी महिला मृत फेला परेकी छन्।
पाँचथर याङवरक गाउँपालिका–६ की २६ वर्षीया यमुना चापागाई ताप्लेजुङको अठराई त्रिवेणी गाउँपालिका –२ मा मृत फेला परेकी हुन्।
उनी आइतबार बच्चालाई खोप लगाउन भनेर निस्केकी थिइन्। साँझसम्म घर नफर्किएपछि घरपरिवार र आफन्तले प्रहरीलाई खबर गरेका थिए।
खोजतलासका क्रममा उनी मृत भेटिएको ताप्लेजुङ प्रहरीले जनाएको छ । उनको शव भेटिएको नजिकै मोबाइल, ज्याकेट र झोला भेटिएको छ। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।