इटहरी । सञ्चारिका समूह सुनसरीले आइतबार इटहरीमा तीज विशेष कार्यक्रम गरेको छ। कार्यक्रममा सञ्चारकर्मीहरूले दर खाँदै तीज मनाएका थिए।
कार्यक्रममा नेपाली काँग्रेस प्रदेश सहमहामन्त्री डा. प्रमिला गच्छदारको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सुनसरीका विभिन्न सञ्चार माध्यमसँग संलग्न पत्रकार तथा सञ्चार उद्यमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सञ्चारिका समूह सुनसरीकी अध्यक्ष रञ्जना पौडेलका अनुसार कार्यक्रमले पत्रकारहरूबीच एकता बढाउने र पत्रकारितासँग सम्बन्धित मुद्दालाई थप सशक्त बनाउने विश्वास व्यक्त गरिन् ।
प्रमुख अतिथि डा. गच्छदारले महिलाहरू क्रमशः सक्षम हुँदै गएको उल्लेख गर्दै आर्थिक रूपमासमेत अझै सबल बन्नुपर्नेमा जोड दिइन् । उनले आफ्नो पार्टी नेपाली काँग्रेस सधैं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको दाबी गरिन् ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ सुनसरी अध्यक्ष सन्तोष काफ्ले, प्रेस युनियन अध्यक्ष ध्रुव ढकाल, माया घर नेपालकी सञ्चालिका सुभद्रा प्याकुरेललगायतले पनि मन्तव्य राखेका थिए।