दमकमा मोटरसाइकल दुर्घटना हुँदा खोटाङका एकसहित तीन जनाको मृत्यु

न्युजलय १४ पुस २०७८, बुधबार ११:१८ मा प्रकाशित

झापा ।  दमकमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मंगलबार राति दमक–२ भाङबारीमा प्र–१–०२–०४३–प ६९२६ को मोटरसाइकल अनियन्त्रित भइ सडक किनारको रुखमा ठोक्किँदा मोटरसाइकलमा सवार तीन जना युवाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार खोटाङ चिसापानी– ४ का २३ वर्षीय अमित विक, चितवन राप्ती–४ का १९ वर्षीय किसन विक र ताप्लेजुङ भुइँखोला–३ का १९ वर्षी अनिल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

घटनाका बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।