मोरङ । मोरङमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
कानेपोखरी गाउँपालिका–७ मा को १ ख ७४८२ नम्बरको यात्रुवाहक बसले स ४ प ५८४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार उदयपुरको बेलका नगरपालिका–४ की करिब ५५ वर्षीया कुमारी आचार्य रहेकी छन् ।
घटनामा मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–४ का ३५ वर्षीय हरि शर्मा गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि विराटनगर पठाइएको छ।
प्रहरीका अनुसार मृतक र घाइते दिदी–भाइ रहेको प्रहरीको भनाइ छ ।
बस चालक झापा कनकाई नगरपालिका–४ का ५१ वर्षीय सुमनलाल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।