फेसबुक पेज प्रयोग गरी ठग्ने एक व्यक्ति प्रहरीको फन्दामा

न्युजलय १३ पुस २०७८, मङ्गलबार ०९:२० मा प्रकाशित

काठमाडौँ । फेसबुक पेजको प्रयोग गरी ठगी गर्दै आएका बर्दियाको बारबर्दिया १० का २३ वर्षीय रमेश थारु पक्राउ परेका छन् । उनलाई सोमबार बाँकेको कोहलपुरबाट पक्राउ गरिएको थियो । सोमबार अपराध महाशाखाले काठमाडौँ प्रहरी परिसरको जिम्मा लागएको छ ।


प्रहरीका अनुसार थारुले फेसबुक पेजमा डीएसएलआर क्यामेराको विज्ञापन गरेका थिए । अर्डर गर्ने व्यक्तिहरुसँग ईसेवा र आईएमई पेबाट पैसा लगेर सम्पर्कविहीन बनेका थिए ।