उदयपुर । उदयपुरमा श्रीमानले श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्याको प्रयास गरेका छन् ।
लिमचुङबुङ गाउँपालिका –५ जाँते हिम्मा बस्ने ७० वर्षीय सन्तबहादुर राईले कान्छी श्रीमती ५६ वर्षीया चतुरमायाको हत्या गरेको प्रहरीले जनाएको छ ।
सन्तबहादुरले श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्याको प्रयास गरेका हुन् । सन्तबहादुरका दुई जना श्रीमती छन्।
सन्तबहादुरले श्रीमती चतुरमायामाथि धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्। उनले फेरि सोही हतियारले आफ्नो घाँटी काटेको प्रहरीले जनाएको छ। आफन्तले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए।
जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट प्रहरी सहायक निरीक्षकको टोली खटिएको थियो।
श्रीमान घाइते अवस्थामा भए पनि बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । प्रहरीले घाइते सन्तबहादुरको उपचारको लागि जिल्ला अस्पताल पठाएको छ। घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएको छ।