काठमाडौँ । आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा एक हजार ३०० ले घटेको छ भने चाँदी ८५ रुपैँयाले घटेको छ ।
आज एक तोला सुनको मूल्य दुई लाख ४१ हजार ७०० निर्धारण भएको छ ।
त्यसैगरी, चाँदीको मूल्य प्रतितोला तीन हजार १०० कायम भएको छ ।