बट्टामा खाँदिएको अचार खाने बानी छ ? सावधान !

न्युजलय ७ कार्तिक २०७९, सोमबार ०७:०८ मा प्रकाशित

नेपालीलाई दाल, भात र तरकारीसँग अलिकति अचार पनि चाहिन्छ नै । अचार स्वादिष्ट हुनाले खाना रुचाउन यसले मद्दत गर्छ । बट्टामा खाँदिएको अचार बजारमा सजिलै पाइन्छ । 


तर नियमित रूपमा अचार खाँदा यसले स्वास्थ्यमा हानि पुर्याउँछ । स्वादिष्ट अचारका साइड इफेक्टहरू पनि हुन्छन् । जस्तैः


मधुमेहमा हानिकारक 

मधुमेहका रोगीले अचार खानै हुँदैन । अचार बनाउँदा लामो समय टिकोस् भनेर चिनी पनि हालिएको हुन्छ । चिनीयुक्त अचार मधुमेहको रोगीले सेवन गर्नुहुँदैन । 


पाचनप्रणालीमा असर

धेर अचार खाादा पेट फुल्छ र दुख्छ । धेर अचार खाने मानिसलाई पेटको क्यान्सर हुने सम्भावना हुन्छ । 


आन्द्रामा अल्सर

अचारमा मसला र तेल धेरै हालिएको हुन्छ । यसको अत्यधिक सेवनले आन्द्रामा अल्सर हुनसक्छ । 


उच्च रक्तचाप

अचारमा धेरै नून हालिएको हुन्छ र धेर नून खाँदा रक्तचाप बढ्न थालछ । तपाईंलाई उच्च रक्तचाप छ भने अचार नखानुस् । 


शरीर सुन्निने

अचारलाई लामो समयसम्म सुरक्षित राख्नका लागि सोडियमयुक्त नून हालिएको हुन्छ । सोडियमका कारण शरीरले पानीको मात्रा कायम राखेर अस्म्याटिक सन्तुलन गराउनुपर्ने हुन्छ जसकारण शरीर सुन्निन्छ । शरीर बढी नै सुन्नियो भने चिकित्सकलाई देखाउनुस् ।


ट्राईग्लिसराइड उच्च

अचारमा हालिने प्रिजर्भेटिभ्सले त्यसको आयु त बढाउँछन् तर स्वासथ्यलाई हानि पुर्याउँछन् । प्रिजर्भेटिभ्समा तेलको मात्रा बढी हुन्छ र शरीरमा ट्राईग्लिसराइडको स्तर बढ्छ । 


अचारले स्वाद बढाएपनि स्वास्थ्यमा धेरै समस्या ल्याउने हुनाले सकेसम्म बट्टामा खाँदिएको अचार खाँदै नखानुस् ।