काठमाडौँ । कपनको सरस्वतीनगरस्थित ३२ वर्षीया नीरा पाण्डे आचार्यको हत्यामा संलग्न भएको आरोप लागेका झापा धुलाबारीका विनोद विश्वकर्मालाई कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
पक्राउ परेकै दिन कर्तव्य ज्यान मुद्दा अन्तर्गत २५ दिन हिरासतमा राखी अनुसन्धान गरेपछि उनलाई पुर्पक्षका लागि थुना पठाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
विश्वकर्माले हत्या गरी चोरी गरेको नीराको सिक्री किन्ने सुनचाँदी पसले पनि पुर्पक्षका लागि थुना पठाइएका थिए, उनी भने धरौटीमा छुटिसकेको बताइएको छ ।
नीरा गत वैशाख ७ मा ‘नीरु किचेन’ भित्रै मृत फेला परेकी थिइन् । उनको शरीरका विभिन्न भागमा चक्कु प्रहार गरी हत्या गरिएको थियो ।