काठमाडौं । बिहीबार सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ४ सय रूपैयाँले घटेको हो ।
आज सुन तोलाको १ लाख ५९ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।
चाँदी तोलामा २० रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ७५ रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।