झापा । दमक नगरपालिका–६ फाल्गुनन्द चोकमा रहेको परदेशी होटलमा तास खेलिरहेका ७ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
होटल सञ्चालक ५० वर्षीय पवन लिम्बु, दमक–१ का ३५ वर्षीय भक्तिश्वर देवान, दमक–२ का ४५ वर्षीय प्रमोद लिम्बु, दमक–९ का ३५ वर्षीय रमेश महतो, पाँचथर फाल्गुनन्द–८ का ४२ वर्षीय बबिन सुब्बा आङदेम्बे, इलाम चुलाचुली–१ का ४३ वर्षीय रुपचन्द्र राई र मोरङ पथरी शनिश्चरे–१ का ४७ वर्षीय राजकुमार श्रेष्ठ पक्राउ परेका हुन् ।
उनीहरुबाट प्रहरीले तीन बुक ताससहित एक लाख ५७ हजार रुपैयाँसमेत बरामद गरेको छ । इलाका प्रहरी कार्यालय दमकले विशेष सुराकीको आधारमा उनीहरुलाई खालबाटै पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।