विराटनगर । मोरङको धनपालथान गाउँपालिका–४ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार भित्री सडकखण्ड हुँदै उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बीआर ५० डी ८५४६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर शनिबार राति दुर्घटनामा परेको हो ।
अनियन्त्रित बनेको मोटरसाइकल सडक छेउको पिपलको रुखमा ठोक्किएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक धनपालथान–२ का ३५ वर्षीय सीताराम मण्डलको मृत्यु भएको मोरङ प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइते भएका मण्डललाई उपचारका लागि विराटनगरको गोल्डेन अस्पताल ल्याइपुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।
तीव्र गतिका कारण मोटरसाइकल दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।