इटहरी । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनमा इटहरी उपमहानगरपालिका सबैभन्दा कमजोर देखिएको छ ।
आयोगका अनुसार इटहरीले ३८.९६ अङ्क मात्रै प्राप्त गर्दै देशभरका उपमहानगरपालिकामध्ये अन्तिम स्थानमा परेको हो।
प्रतिवेदनअनुसार उपमहानगरपालिकाहरूको समग्र कार्यसम्पादन अपेक्षाकृत कमजोर रहेको उल्लेख गरिएको छ ।
आयोगले स्रोत परिचालन, बजेट व्यवस्थापन, योजना छनोट तथा कार्यान्वयन, सार्वजनिक सेवा प्रवाह र वित्तीय अनुशासनका आधारमा मूल्याङ्कन गरेको हो।
इटहरीसँगै धरान उपमहानगरपालिका ४९.७६ अङ्कसहित औसतभन्दा कम कार्यसम्पादनमा परेको छ ।