सप्तरीबाट परालको कुन्यूँबाट ७० केजी गाँजा बरामद

न्युजलय ११ पुस २०७८, आइतबार ११:१८ मा प्रकाशित

राजविराज । परालको कुन्यूँमा लुकाइराखेको अवस्थामा प्रहरीले ७० केजी गाँजा बरामद गरेको छ । 

सप्तरीको कङ्कालिनी नगरपालिका–११ बाट कुन्यूँमा लुकाइराखेको अवस्थामा ४० केजी गाँजा बरामद गरेको हो । गाँजा बरामद भएपश्चात् प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

गाँजा धनी पहिचान गर्नका लागि प्रहरी परिचालित भएको छ । यस्तै सिरहाको औरही गाउँपालिका–१ स्थित सीमा क्षेत्रबाट पनि ३० केजी गाँजा बरामद गरेको हो । भारततर्फ लैजाँदै गर्दा सशस्त्र प्रहरी बल, नेपाल बोर्ड आउट पोष्ट बरियारपट्टीले बरामद गरेको जनाइएको छ ।

भारततर्फ बिक्रीका लागि लाने प्रयास गरिँदै गर्दा सशस्त्र प्रहरी बलले पक्राउ गरेको हो । प्रहरीले बरामद गरेको गाँजा नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको छ ।