आज १३ भाद्र २०८२ शुक्रवारको राशिफल

न्युजलय १३ भदौ २०८२, शुक्रबार १२:१० मा प्रकाशित

मेष । आत्मविश्वासमा वृद्धि हुनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। साझेदारी व्यापारमा लाभ रहनेछ। नेतृत्व गर्ने क्षमतामा वृद्धि हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

वृष । एकाग्रता र जोशले भरपुर रहनुहुनेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। राज्यपक्ष वा प्रशासनिक क्षेत्रबाट सफलता मिल्नेछ। आजको शुभ सेतो हो भने शुभ अंक ८ रहेको छ।

मिथुन । नयाँ योजना तर्फ अग्रसर भइनेछ। कानुन सम्बन्धी विभागमा अधिकारीहरूको साथ र सहयोग मिल्नेछ। कलाको क्षेत्रमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा सन्तानबाट सहयोग मिल्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।

कर्कट । संवेदनशील मुद्दाहरूमा आफ्नो कुरा राख्न नअत्तालिनुहोस। सानो प्रयासले ठूलो कार्य सम्पादन गर्न सकिनेछ। पारिवारिक सद्भाव बढ्नेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

सिंह । धैर्य र पराक्रमले आँटेका कार्य सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि हात लाग्नेछ। गरिएको कामको उचित प्रतिफल पाइनेछ। यात्राको रूपरेखा बन्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

कन्या । अरुको व्यवहारले मनमा शंका उत्पन्न हुनेछ। नयाँ योजनामा लगानि लगाउनु भन्दा अघि जानकारको सल्लाह लिनुहोस्। रोकिएका कार्य पुनः प्रारम्भ हुनेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

तुला । महत्त्वकांक्षी योजनाहरू पूरा हुनेछन्। समाजमा मान प्रतिष्ठा बढ्नेछ। तारिफ योग्य कामले सबैतिरबाट प्रशंसा पाइएला। कार्यक्षेत्रमा कामले गति लिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

वृश्चिक । योजनाहरू गुप्त राख्ने प्रयास गर्नुहोस्। पारिवारिक जिम्मेवारी बढ्नेछ। भौतिक संसाधनमा धन खर्चका योग छन्। सरकारी वा प्रशासनिक क्षेत्रको कार्यमा बाधा आउनेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक १ रहेको छ।

धनु । लगनशीलताले नयाँ कार्यतर्फ अग्रसर भइनेछ। शेयर बजारबाट लाभ प्राप्त हुनेछ। आफूभन्दा ठूलाको साथ र सहयोग मिल्नेछ। पुरानो सोच त्यागेर नयाँ सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।

मकर । शिक्षा वा करियरमा उन्नति मिल्नेछ। नयाँ मित्रको सम्पर्कले आफ्नो काम बनाउन सक्नुहुनेछ। पुराना चलिरहेका कार्य पूरा हुनेछन्। व्यापार व्यवसायमा पिताको साथ मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

कुम्भ । देशतिरबाट शुभ सूचना प्राप्त हुनेछ। पायक स्थानमा भ्रमणका योग छन्। भाग्यको साथ मिल्नेछ। धर्मकर्ममा रुचि बढ्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।

मीन । सकेसम्म अरूलाई सल्लाह दिनबाट बच्नुहोस्। आर्थिक पक्ष सामान्य रहनेछ। समयमा परिवारको साथ नमिल्नाले कार्यक्षेत्रमा पछाडि परिनेछ। साइनो गास्नेहरूबाट सावधान रहनुहोला। आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ।

स्रोत हाम्रोपात्रो