बढ्यो सुनको मूल्य

न्युजलय २३ माघ २०७९, सोमबार ०४:५२ मा प्रकाशित

 काठमाडौँ । सोमबार (आज) सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको भाउ तोक्दै हिजो आइतबारको तुलनामा सुनको मूल्य उकालो लागेको जानकारी दिएको हो ।

हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४ हजार १०० रुपैयाँ कायम थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ३ हजार ६०० रुपैयाँ कायम थियो ।

जुन, आज ५०० रुपैयाँले बढ्दै छापावाल सुनको मूल्य तोलामा १ लाख ४ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४ हजार १०० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य स्थिर कायम भएको छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय २० रुपैयाँ कायम थियो । आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।