सङ्खुवासभामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

न्युजलय १३ माघ २०८२, सोमबार ०६:३२ मा प्रकाशित

सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १–००१ च ८२४७ नम्बरको जिप चैनपुर–१ नुनढाकी नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । मृतकको पहिचान खुल्न सकेको छैन ।

घाइते सबैको उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएको प्रहरीले जनाएको छ ।