काठमाडौं । बिहिबार(आज) सुनको मूल्य हालसम्म्कै महंगो भएको छ ।
बुधबार प्रतितोला १ लाख २३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १५ सय रुपैयाँले बढेको हो । यस दिन छापावाला सुन १ लाख २५ हजार रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको छ ।
त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता, चाँदीको मूल्य आज ३० रुपैयाँले बढेर प्रतितोला १ हजार १४ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।