काठमाडौं । अमेरिकाको मेरिल्याण्डको प्रिन्स जर्ज काउन्टीमा गाडीको ठक्करबाट नेपाली महिलाको मृत्यु भएको छ ।
सपर्स वे मा मेडिकल सेन्टर ड्राइभ पार गर्न लाग्दा गाडीले ठक्कर ४० बर्षीया बर्खा खड्का प्रसाईको निधन भएको हो । घटना सोमबार बेलुका भएको थियो ।
तत्कालै नजिकको अस्पतालमा लगिएपनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । नेपालमा झापाको बुद्धशान्ती गाउँपालिका स्थायी घर भएकी प्रसाई अमेरिकाको मेरिल्याण्डमा नै बस्दै आएकी थिइन् ।
इन्टरनेशल अर्गनाइजेशन फर माइग्रेशन आईओएममा कार्यरत प्रसाई दुईमहिना अगाडिमात्र आईओएम अन्तरगत अमेरिकामा काम गर्नका लागि आएकी थिइन् ।
सुरुमा अफगानिस्तानबाट आएका शरणार्थीहरुको कामका लागि भर्जिनियाको फोर्टलीमा रहेको आर्मी क्याम्पमा खटाइएको थियो ।उनको अवधि थप गरेर मार्चसम्मका लागि वासिंटन डिसीमा रहेको आईओएम मुख्यालयमा खटाइएको थियो ।
प्रसाईलाई मेरिल्याण्डमा आफन्तकोमा बसेर घर फर्कने क्रममा ट्रेनबाट निस्केर बाटो क्रस गर्नलाग्दा गाडीले ठक्कर दिएको हो ।