प्रदेश १ मा आज ४७ जनामा कोरोना पुष्टि, तीन जनाको मृत्यु

न्युजलय २ मङ्सिर २०७८, बिहिबार ०७:०३ मा प्रकाशित

इटहरी । प्रदेश १ मा ४७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।


४४१ जनाको पीसीआर परीक्षण गर्दा ४५ र ५५ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २०, मोरङमा १५, सुनसरीमा ७, उदयपुर, तेह्रथुम र पाँचथरमा १–१ जनामा सङ्क्रमण देखिएको हो ।

 

प्रदेश १ मा आज ४१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १९ महिला र २२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र २ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।