शिक्षक सेवा आयोगले माग्यो ६८६ जना निमावि शिक्षक

न्युजलय २७ माघ २०७९, शुक्रबार ०८:३६ मा प्रकाशित

काठमाडौँ । शिक्षक सेवा आयोगले ६८६ जना निमावि शिक्षकको लागि आवेदन खोलेको छ।

आयोगले आज निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको हो।

आयोगले सामुदायिक विद्यालयको शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्तिका लागि विज्ञापन गरेको हो।