वीरगञ्ज । रौतहटमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
मंगलबार अपराह्न रौतहटमा बीआर ०५ पीए ६९५३ नम्बरको भारतीय जीप दुर्घटना हुँदा गढीमाई नगरपालिका–३ गम्हरिया टोल बस्ने १६ वर्षीय शेष नौसाद, २२ वर्षीय शेष सैनुल्लाह, २५ वर्षीय छोटु भन्ने शेष अफताब, ५५ वर्षीय डाक्टर मोसाफिर अन्सारी, ४० वर्षीय शेष अबुलेस र १७ वर्षीय शेष अजिबुल्लाहको मृत्यु भएको रौतहटका डिएसपी सुनिल मल्लले जानकारी दिए।
यस्तै दुर्घटनामा घाइते भएका सोही स्थानका १५ वर्षीय शेष अमानत र १७ वर्षीय शेष करिमुल्लाहको गरुडाको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ। यस्तै अर्का घाइते १६ वर्षीय शेष अल्फाजको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको मल्लले बताए।
गढीमाई नगरपालिका–३ गम्हरियाबाट परोहा नगरपालिकाको नरकटियामा जन्ती जाने क्रममा उक्त जीप मंगलबार दिउँसो पौने चार बजेको समयमा गरुडा नगरपालिका–१ मा आफै अनियन्त्रित भइ बाटोको छेउमा खाल्डोमा पल्टिएर दुर्घटनामा परेको हो। जीपमा ९ जना सवार थिए।